तराईका केही स्थानमा आज तापक्रम बढ्ने

डिसी नेपाल
९ भदौ २०७९ ६:३०
136
Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लाहरुमा तापक्रम बढ्ने सम्भावना रहेको बताएको छ। महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै तराईमा आज गर्मी बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

‘तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले विज्ञप्तिमा भनेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

हाल देशभर आंशिक बदली देखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *