पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि…

डिसी नेपाल
१९ भदौ २०७९ ११:१४

पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण गरिएको थियो।

विमानमा १८ यात्रु थिए। विमानको इन्डिकेसनमा खराबी देखिएपछि आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.