मुख्यसचिव बैरागी फुटबल खेल मैदानमा उत्रदै
काठमाडौं । नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रदै छन् ।
निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि बुधबार मुख्यसचिव शङ्करदास बैरागीसहितको टोली खेलमैदानमा उत्रन लागेका हुन् । सातदोबाटोस्थित एनफा कम्ल्पेक्समा भोलि बुधबार दिउँसो १५ः३० बजे हुने उक्त प्रतियोगितामा उच्च तहका अधिकृत र निजामती सेवासँग सम्बन्धित ट्रेड युनियन पदाधिकारीको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता डेढ घन्टा अवधिको हुनेछ ।
मुख्यसचिवको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीमा सात आठ सचिव, सात सहसचिव र अरु उपसचिव रहनेछन् । विसं २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको दिनलाई विगत १५ वर्षदेखि प्रत्येक वर्ष निजामती दिवसका रुपमा मनाइने गरिएको छ । निजामती प्रशासन जनताको सेवासँग जोडिएको प्रणाली हो ।
मुलुकको खेलकुद क्षेत्रमा रहेका राष्ट्रसेवक कर्मचारीलाई प्रेरित गरी सकारात्मक सन्देश प्रवाह होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको मन्त्रालयका सचिव दामोदर रेग्मीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment