थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०७९ १६:२४

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४०१ नमूनाको परीक्षण गराएकोमा २२७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३७ र एन्टिजेनबाट ९० जनामा कोरोना पुष्टि भएको हो। बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको हो। बुधबार कोरोनाबाट दुईजनाले ज्यान गुमाएका थिए। आज थप १६८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २४७३ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *