सिटी शीर्ष स्थानमा उक्लियो

डिसी नेपाल
२ असोज २०७९ ७:४९
28
Shares

काठमाडौं। १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे।

खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए। १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो। ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे। फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए।

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ। यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्‍याे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *