डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती

डिसी नेपाल
३ असोज २०७९ १५:३५
40
Shares

कैलाली । धनगढी पुगेर अनसन बसिरहेका डा गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ । स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि अनसनमा रहेका केसीलाई टाउको दुख्ने रिँगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, शरीरको मांसपेशी दुख्ने लगायतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै केसीको अवस्था जटिल बन्दै गइरहेको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव समेत दिएको छ ।

२० औं अनसनमा धनगढीको कृष्ण मन्दिर धर्मशालामा बसेका डा केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमा राखिए पनि स्वास्थ्यमा सुधार भने आएको छैन । बरु थप बिग्रँदै गएको छ । डा केसीको तौल ३ किलो घटिसकेको छ । शरीरमा र पोषण तत्व र पानीको कमी हुँदा बेहोस हुन सक्ने, कम्पन हुन सक्ने, मुटुको धड्कन तथा रक्तचाप असन्तुलन भई शरीरका अन्य अङ्गमा समेत थप सम्भावित जटिलता देखा पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.