युवा संघ ओर्ले सडकमा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले प्रदर्शन गरेको छ । युवा संघले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
युवासंघले बानेश्वर–माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रपतिको तस्वीर बोकेर प्रदर्शन गरेका छन् । प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।
संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको बताएको छ ।







डिसी नेपाल








Facebook Comment