आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल
काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए। खनाललाई तनहु वा बारा मध्ये एक ठाउँबाट निर्वाचनको टिकट दिने गरी एमालेमा प्रवेश गराउन लागिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली आफैले बोलाएर पार्टी प्रवेशको लागि आग्रह गरेपछि पूर्व आइजीपी खनाल राजी भएको खनाल निकट रहेका एक पूर्व प्रहरीले भने।
उनका अनुसार तनहुमा किसान श्रेष्ठले निर्वाचन लड्दै आएको क्षेत्र वा अन्य कुनै एक क्षेत्रबाट एमालेले टिकट दिने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment