अर्का नेपालीले युएइमा ४० लाख रुपैयाँ बराबरको आधा किलो सुन पुरस्कार जिते
काठमाडौं। एक नेपालीले संयुक्त अरब इमिरेट्समा करिब ३५ करोड रुपैयाँ बराबरको लट्री जितेकै दिन युएइमै अर्का एक नेपालीले आधा किलो सुन जितेका छन् । उनले जितेको आधा किलो सुनको मूल्य बिहीबार नेपाली बजारमा कारोबार भइरहेको सुनको मूल्य अनुसार करिब ४० लाख रुपैयाँ पर्छ ।
द सियासत डेलीका अनुसार विदेशमा पैसा पठाउने रेमिटेन्स कम्पनी अल अन्सारी एक्सचेन्जमार्फत पैसा पठाएपछि लक्की ड्रका लागि योग्य भएका व्यक्तिहरुले यो पुरस्कार पाएका हुन् । नेपालका केशर हुम बहादुर कार्की र पाकिस्तानी जुनैद अहमद सज्जाद जहीर जोयाले आधा किलो सुन जितेका हुन् ।
अल अन्सारीको लक्की ड्रमा सबैभन्दा धेरै १ मिलियन दिराम भारतका सज्जाद अली बटले जितेका छन् । यमनका नागरिक सबिर अलीले नयाँ मार्सिडिज बेन्ज कार जितेका छन् । पुरस्कार जित्ने नेपाली नागरिक कार्की नेपालको कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment