नेदरल्यान्डस् नेनन्स लिगको फाइनल चरणमा
काठमाडौं। भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १-० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ। बिहीबार पोल्यान्डमाथिको जितपछि नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो।
फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई आइतबार बेल्जियमविरुद्ध फराकिलो हार टार्नु थियो। ७३औं मिनेटमा भान डाइकले गरेको गोल डेनमार्कको फाइनल यात्रा तय गर्नका लागि पर्याप्त बन्यो ।
लिग ए ग्रुप ४ मा नेदरल्यान्ड्स ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बेल्जियमको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको पोल्यान्डको सात अंक रह्यो भने चौथो स्थानको वेल्सको मात्र एक अंक रह्यो। यता पोल्यान्डसँग १-० को हारपछि वेल्स भने लिग बी मा घटुवा भएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment