यु-१७ टोलीको बिदाई

डिसी नेपाल
१५ असोज २०७९ १२:१४
28
Shares

काठमाडौं । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाई गरे ।

यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन् ।

यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु १७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।

५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।

नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

नेपाली टिमः

गोलकिपरः कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी

रक्षकः अश्विन घोरासैनी, सेमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा

मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी,

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *