चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटो फिचर)

डिसी नेपाल
१७ असोज २०७९ ९:३५
68
Shares

बर्दिबास। रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उदेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन्।

स्थानीय व्यापारीलाई पनि पसल पसलमा पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो। चाडपर्वमा चालक/सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ।

पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ। व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *