चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

डिसी नेपाल
२२ असोज २०७९ १४:५७
236
Shares

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। तीन पटक लगातार प्रतिनिधिसभामा पुर्‍याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन्। उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घाेषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.