पिएसजी रेइम्ससँग बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड
काठमाडौं – रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो।
अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए।
खेलको ४१औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। बराबरीसंगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्षस्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment