भारत र पाकिस्तानबीचको खेलका दिन पानी पर्ने सम्भावना उच्च, वर्षाले खेल रद्द भयो भने के हुन्छ ?

डिसी नेपाल
२ कार्तिक २०७९ १२:२१
408
Shares

काठमाडौं । अष्ट्रेलियाको मौसम विभागका अनुसार अक्टोबर २३ मा हुने टी-२० विश्वकपको बहुप्रतिक्षित खेलमा वर्षाले बाधा पुर्‍याउनेछ। यति मात्र होइन, अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल पनि वर्षाले प्रभावित हुन सक्छ ।

आयोजक अष्ट्रेलियाले शनिबार सिड्नीमा न्यूजिल्याण्ड विरुद्ध आफ्नो अभियान सुरु गर्ने छ, तर मौसम विभागले वर्षाको सम्भावना ८० प्रतिशत रहेको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र साँझपख पानी पर्ने सम्भावना रहेको छ । मेलबर्नमा भोलिपल्ट पनि अवस्था यस्तै रहने अनुमान गरिएको छ । यहाँ भारतले स्थानीय समय अनुसार साँझ ७ बजे पाकिस्तानको सामना गर्नेछ । आइतबार ९० प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नियम के छ?

एक खेल हुनको लागि कम्तिमा पाँच ओभर प्रत्येक टिमले बलिङ गर्नुपर्छ। सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे भए पनि समूह खेलका लागि कुनै रिजर्भ डे हुँदैन। अक्टोबर २३ मा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण हुन नसके दुवै टोलीले १–१ अंक पाउनेछन् । टि-२० विश्वकपमा आईसीसीको नियम अनुसार सुपर १२ राउण्डमा कुनै खेल रद्द वा टाई भएमा दुवै टोलीलाई १–१ अंक दिइनेछ ।

साथै, खेल जित्ने टोलीले २ अंक प्राप्त गर्नेछ र हार्ने टोलीको खातामा कुनै अंक रहनेछैन। यद्यपि, समूह चरणमा अंकको बाँडफाँड कुनै पनि टोलीका लागि भारी हुन सक्छ।

सुपर १२ राउण्ड सकिएपछि समुहका दुई टोलीको अंक बराबर भएमा कुन टोली अर्को राउण्डमा जाने भन्ने नेट रनरेटका आधारमा तय हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *