नेपालका उत्कृष्ट मार्गहरूमा साइकल यात्रा गर्न असाध्यै सोख छः अमेरिकी राजदूत थम्प्सन
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालका केही उत्कृष्ट मार्गहरूमा घुम्न जान उत्सुक रहेको बताएका छन् ।
गत हप्ता मात्र नेपाल आइपुगेका राजदूत थम्प्सनले सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले नेपाललाई आफुले प्राकृतिक सम्पदाहरूले भरिपूर्ण एक स्थानको रूपमा बुझेको समेत बताएका छन् ।
‘मैले नेपालको बारेमा सुन्दा सदैव सांस्कृतिक सम्पदा र जातीय विविधताका साथसाथै अत्यन्तै रमणीय प्राकृतिक सम्पदाहरूले भरिपूर्ण एक स्थानको रूपमा पाउने गरेको थिएँ।’
साथै उनले आफुलाई नेपालमा घुम्न, गल्फ खेल्न र साइकल यात्रा गर्न असाध्यै सोख रहेको बताएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment