मेस्सी, नेयमार र एम्बाप्पेको गोल

डिसी नेपाल
१३ कार्तिक २०७९ ८:२४
120
Shares

काठमाडौं। स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४-३ को जित निकालेको छ।

शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो। तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अंक प्राप्त गरेको हो।

पिएसजीको गोलमा कार्लाेस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे। मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए। एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए। ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन्।

अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्षस्थानमा यथावत छ। दोस्रो स्थानको लेन्सको ३० अंक छ। ट्रोयसक १३ अंक सहित ११औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *