पाकिस्तानविरुद्धको खेलअघि नेदरल्याण्ड्सका प्रशिक्षकले किन भने यस्तो ?
काठमाडौं । आइसिसी टी–२० विश्वकपको समूह २ अन्तर्गत आइतबार अष्ट्रेलियाको पर्थ स्टेडियममा नेदरल्याण्ड्सले पाकिस्तानको सामना गर्दैछ । अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेका यी दुवै टोलीले विश्वकपबाट बाहिरिनबाट बच्न सक्दो प्रयास गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रायन कुकले पाकिस्तानको टिमलाई हराउन सक्ने बताएका छन् । हालै खेलिएको विश्व सुपर लिग एकदिवसीय प्रतियोगितामा पाकिस्तानसँगको खेलमा थोरै अन्तरले पराजित भएपछि आफ्नो टोलीको आत्मविश्वास बढेको उनको विश्वास छ ।
नेदरल्याण्ड्सका मुख्य प्रशिक्षकले खेलअघि आफ्नो टोली पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका थिए । जिम्बावेजस्तै पाकिस्तानलाई हराउने सम्भावनाबारे उनले भने, ‘मलाई लाग्छ हरेक टोलीले आफूले खेलेको खेल जित्न चाहन्छ, तर हामीले पाकिस्तानी टोलीलाई हराउन सकिन्छ भन्ने प्रष्ट देख्यौं ।
उनले भने, ‘हामीले हालै पाकिस्तानसँग नेदरल्याण्ड्समा भएको विश्व सुपर लिग खेल्दा हामीलाई धेरै आत्मविश्वास मिलेको छ, किनभने हामीले ती खेलहरू थोरै अन्तरले हारेका थियौं। यो पटक राम्रो हुनेछ।”
रायन कुकले नेदरल्यान्ड्सको बलिङ आक्रमणलाई अझ राम्रो भएको भन्दै आइतबार पाकिस्तानविरुद्ध आफ्नो टोलीले प्रारम्भिक विकेट पाउनेमा आफू आशावादी रहेको बताएका छन् ।
एक प्रश्नको जवाफ दिँदै कुकले पाकिस्तानविरुद्धको पहिलो खेलले आफ्नो टोलीलाई आफूलाई बुझ्ने मौका दिएको बताए, त्यसैले भोलि पाकिस्तानका बलरहरूले उनीहरूविरुद्ध कस्तो बल गर्ने छन् भन्ने कुरा उनीहरूलाई थाहा छ ।
उनले भने, ‘पाकिस्तानी बलरको गति निकै तेज छ । हामीले उनीहरूलाई पहिले नै सामना गरिसकेका छौं, त्यसैले उनीहरूले हामीमाथि के फ्याँक्नेछन् भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’
रायन कुकले भने, “उनीहरूको बलिङ एकदमै विविधतापूर्ण छ, त्यसैले हामीले उनीहरूको विरुद्धमा हाम्रो योजना लागू गर्नुपर्छ। स्पष्ट छ, सबै ब्याट्सम्यानहरूले उनीहरूको विरुद्धमा आफ्नै योजना बनाएर नेटमा अभ्यास गरिरहेका छन्। त्यसैले हामी उनीहरूलाई आइतवारमा खेल्न सक्षम हुनेछौं।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment