विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना कायमै

डिसी नेपाल
१४ कार्तिक २०७९ १७:१८
1.1k
Shares

काठमाडौं । अस्ट्रेलियाले आयोजना गरिरहेको टि-२० विश्वकप २०२२ मा पाकिस्तानी टोलीको अवस्था निकै नाजुक छ। सुपर–१२ को समूह–२ मा परेको पाकिस्तानी टोलीले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ । सेमिफाइनल पुग्नका लागि पाकिस्तान पूर्णरुपमा भारतीय टोलीमा निर्भर थियो ।

आइतबारको खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराएको भए पाकिस्तानको आशा बलियो हुने थियो । तर, भारतले हार बेहोरेको थियो । यस्तो अवस्थामा पाकिस्तानको सेमिफाइनल पुग्ने आशा केही कमजोर भएको छ । अब पाकिस्तानी टोलीको सेमिफाइनलको समीकरण फेरिएको छ । उसलाई अब आफ्नो खेलसँगै भाग्यको पनि साथ चाहिन्छ ।

यसको मतलब पाकिस्तानले आफ्ना बाँकी दुवै खेल जित्नुपर्नेछ, साथै अब उसले भारत बाहेक नेदरल्यान्ड्समा भर पर्नु पर्नेछ। भारत दक्षिण अफ्रिकासँग हारेपछि पाकिस्तानको सेमिफाइनल पुग्ने समीकरण धेरै बनेको छ । तीमध्ये सबैभन्दा बलियो पक्ष भनेको पाकिस्तानसँगै भारतीय टोलीले पनि आफ्ना बाँकी दुवै खेल जित्नुपर्नेछ । साथमा एक प्रार्थना गर्नुपर्छ कि नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरोस् ।

पाकिस्तानले आफ्ना बाँकी दुवै खेल जित्नुपर्नेछ । जसमा एउटा खेलमा दक्षिण अफ्रिकासँग हुनेछ भने दोस्रो खेल बंगलादेशसँग हुनेछ । यससँगै दक्षिण अफ्रिकाले पनि पाकिस्तानसँग पराजित भएपछि नेदरल्यान्ड्ससँगको खेल गुमाउनु पर्नेछ । अर्थात् अफ्रिका टोलीले आफ्ना बाँकी दुवै खेल हार्नुपर्नेछ । भारतीय टोलीले आफ्ना बाँकी दुवै खेलमा जित दर्ता गर्नुपर्छ । यी खेलहरू बंगलादेश र जिम्बावेसँग हुनेछन् ।

पाकिस्तानी टोलीले कुनै पनि हालतमा आफ्ना बाँकी दुवै खेल जित्नुपर्नेछ। यी मध्ये एउटा खेल बंगलादेशसँग हो, जसको जितको अपेक्षा गरिएको छ । तर, दक्षिण अफ्रिकासँगको खेल पनि छ । यो खेलले यस विश्वकपमा पाकिस्तानी टोलीको भविष्यको पूर्ण रूपमा निर्धारण गर्नेछ। यहाँ जित्ने टोली सेमिफाइनलको दौडमा बलियो रूपमा अगाडि बढ्ने छ ।

यसपटकको विश्वकपमा वर्षाको प्रभाव देखिएको छ । यो वर्षाका कारण धेरै उतारचढाव देखिएको छ । आयरल्यान्ड जस्तो टोलीले डकवर्थ लुइस नियमले इंग्ल्याण्डलाई हराएको थियो। तर अब समुह–२ मा पाकिस्तानको कुनै खेलमा वर्षाले बाधा पुर्यायो भने त्यो उनीहरुका लागि खतरनाक सावित हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *