रोमाको सहज जित

डिसी नेपाल
१५ कार्तिक २०७९ ८:२४
104
Shares

काठमाडौं। इटालियन सिरी ए फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा रोमाले हेलास भेरोनालाई ३-१ अन्तरले पराजित गरेको छ। घरेलु टोली भेरोना १० खेलाडीमा सिमित भएपछि सुरुआती अग्रता समेत जोगाउन सकेन। भ्रमणकारी टोली रोमाले पुनरामगन जित निकाल्यो।

रोमाको जितमा निकोलो जानिओलो, क्रिस्टिअन भोल्पाटो र स्टेफन एल सारवीले एक एक गोल गरे। यस अघि भेरोनाका पावेलले २६औ मिनेटमा अग्रता लिएका थिए। तर, ३६औं मिनेटमै पावेल रातो कार्ड सामना गर्दै मैदान छाड्न बाध्य भएका थिए।

जितसँगै रोमा १२ खेलबाट २५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। भेरोना रेलिगेशन क्षेत्रमा छ। समान १२ खेलबाट ३२ अंक जोडेको नापोली शीर्षस्थानमा छ। यस्तै, राति नै भएको खेलमा बोलोग्नाले मोन्जालाई २ १ अन्तरले पराजित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *