सेयर बजार ७.३२ अंकले बढ्यो

डिसी नेपाल
१६ कार्तिक २०७९ १५:१३
64
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ७.३२ अंकले बढेर १ हजार ९३८.३० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४६ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा रिडी पावरको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, सबैको लघुवित्त र महुली लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.