जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार

डिसी नेपाल
१७ कार्तिक २०७९ ९:०२
84
Shares

काठमाडौँ। आम नागरिकमा बिमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ। आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ।

सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा भिन तामाङको जन्मदिन मनाएका छन्। रिलायन्स लाइफ इन्स्योरेन्सको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफनो १ बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्तर्गत जारी भएको रु १५,००,०००(अक्षरेपी रु पन्ध्र लाख) बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन्।

रिलायन्स लाइफ इन्स्योरेन्स हरेक नेपालीहरु खुलेर जिउन चाहेको हेर्न चाहन्छ सोही बमोजिम नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *