पिएसजी समूह उपविजेता

डिसी नेपाल
१७ कार्तिक २०७९ ७:४५
420
Shares

काठमाडौं। युभेन्ट्सलाई २-१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल सहित एक असिस्ट प्रदान गरे। यसैगरि नुनो मेन्डिसले एक गोल थपे। एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो। युभेन्ट्सका लागि लिओनार्दाे बोनुचीले गोल गरेपनि पर्याप्त रहेन।

समूह ‘एच’ कै अर्काे खेलमा बेन्फिकाले मकाबी हैफालाई ६-१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो।

समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ। हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो। यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *