रियलको सिजनको पहिलो हार
काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३-२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो।
यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ। मड्रिडको ३२ अंक छ।
बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक-एक गोल गरेका थिए। रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन्।
अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment