बार्सिलोनालाई ५ अंकको अग्रता

डिसी नेपाल
२३ कार्तिक २०७९ ८:०१
1.5k
Shares

काठमाडौँ। एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ। मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो।

बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक-एक गोल गरे। दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए।

खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। खेल अघि अघिल्लो हप्ता संन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो।

जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ। रियलले १३ खेलबाट ३२ अंक छ। ओसासुना १४ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *