टी-२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं । टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
दुवै टोलीले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । पाकिस्तान र न्युजिल्यान्डबीचको यो खेल सिड्नी क्रिकेट मैदानमा भइरहेको छ ।
यस प्रतियोगितामा सिड्नीको मैदानमा भएका खेलमा दुवै टोलीले एउटा पनि खेल हारेका छैनन् ।
यस मैदानमा न्युजिल्यान्डले अष्ट्रेलिया र श्रीलंकालाई पराजित गर्दा पाकिस्तानले यस मैदानमा दक्षिण अफ्रिका विरुद्धको समूहको सबैभन्दा महत्त्वपूर्ण खेलमध्येको एउटा खेल जितेको थियो।
न्युजिल्याण्ड टोली
केन विलियम्सन (कप्तान), डेभोन कोनवे (विकेटकीपर), ग्लेन फिलिप्स (विकेटकीपर), डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर, ईश सोधी, लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट
पाकिस्तान टोली
बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद हरिस, शान मसूद, इफ्तिखार अहमद, मोहम्मद नवाज, शादाब खान, मोहम्मद वसीम, नसीम शाह, हरिस रौफ, शाहीन शाह अफ्रिदी
No ads found for this position


डिसी नेपाल
Facebook Comment