रोनाल्डोको कप्तानीमा पोर्चुगल टोली घोषणा

डिसी नेपाल
२५ कार्तिक २०७९ ८:४४
4.1k
Shares

काठमाडौं। पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ। प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन्।

३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन्। घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन्। समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप खेल्नेछ । यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

पोर्चुगल टोली

गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा
रक्षकः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा

मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा
स्ट्राइकर : जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *