सिटी र चेल्सी पराजित
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन्।
सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन।
जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ। सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ। राति नै भएको अर्काे खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १-० ले पराजित भयो।
न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे। न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment