युएईले दियो नेपाललाई एक सय ७७ रनको लक्ष्य
काठमाडौँ। अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई एक सय ७७ रनको लक्ष्य दिएको छ। टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा एक सय ७६ रन बनाएको छ।
नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए। ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो। तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो। आयानले ६३ बलमा ५४ रन बनाए। उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए। हजरतले ५४ बलमा २० रन बनाए।
नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन्। यसअघि नेपाल र युएईले एक एक खेल जितेका छन्। आज जसले जित्छ शृंखला उसकै पक्षमा जानेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment