१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा
काठमाडौं– आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् ।
जसमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने छन् । यस्तै, बागमतीमा २५ जना, गण्डकीमा ११ जना, प्रदेश १ मा २२ जना, लुम्बिनी प्रदेशमा ३४ जना, सुदूरपश्चिममा १८ जना र कर्णालीमा सबैभन्दा कम ३२ जनाले मतदान गर्न पाउनेछन् ।
अधिकारकर्मीहरूले नेपालमा ठूलो संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको दाबी गरे पनि न्यून संख्याले मात्र लैंगिक पहिचानको आधारमा नागरिकता, मताधिकार लगायतका अधिकार प्राप्त गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment