नेपाल मानवअधिकार संगठन दाङको टोलीद्वारा मतदान स्थल अनुगमन

डिसी नेपाल
३ मंसिर २०७९ २०:२४

दाङ । मंसिर ४ गते हुन गईरहेको निर्बाचनको तयारीका विषयमा जानकारी लिन नेपाल मानवअधिकार संगठन दाङको टोली मतदान स्थलमा पुगेको छ । घोराही उपमहानगरपालिका वडा नं १७ स्थीत चौघेरा मतदान केन्द्र, घोराही-४ स्थीत सुनपुर मतदान केन्द्र, घोराही -४ कै लक्ष्मीपुर मतदान केन्द्र र घोराही उपमहानगरपालिका वडा नं १५ स्थीत पद्मोदय मावी भरतपुर मतदान केन्द्रको अनुगमन टोलीले गरेको छ।

चौघेरा मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भइसकेको र निष्पक्ष निर्वाचनका लागि आफुहरु खटेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले बताए। सुनपुर मतदान केन्द्र, लक्ष्मीपुर मतदान केन्द्र र पद्मोदय मावी भरतपुर मतदान केन्द्रमा पनि सम्पूर्ण तयारी पूरा भएको मतदानमा खटिएका कर्मचारीले बताए।

मतदान गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार भएकोले मतदानमा सहभागी हरेक मतदाताहरुले निष्पक्ष भएरहित वातावरणमा मतदान गर्न पाउने विषयमा नेपाल मानवअधिकार संगठन दाङ शाखाले संम्वधित निकायलाई ध्यानाकर्षण गराएको संगठनका दाङ जिल्ला संस्थापक सभापति जयानन्द शर्मा दाहालले बताए। विगतका भएका निर्वाचनमा समेत नेपाल मानवअधिकार संगठन दाङले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रको अनुगमन गरेको स्मरण गर्दै शर्मा दाहालले यसपटकको निर्वाचनको पूर्वसन्ध्यामा संगठनको टोली अनुगमनमा गएको वताए।

लक्ष्मीपुर,सुनपुर, चौघेरा र पद्मोदय मावी भरतपुर मतदान केन्द्रमा तयारी पुरा भएको जानकारी अनुगमनमा खटिएको टोलीलाई जानकारी गराईएको उनले बताए।

मतदान केन्द्रको अनुगमनमा संगठनका जिल्ला सभापति ऋषिराम शर्मा, संस्थापक सभापति जयानन्द शर्मा दाहाल, कोषाध्यक्ष वसन्ता पुरी र सदस्य मोहन पुरी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *