बालेनले सेयर गरेको आफ्नो पोस्टमा हर्कले गरे ‘लभ रियाक्ट’

डिसी नेपाल
९ मंसिर २०७९ १६:२१

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साङपाङले जसले जितेपनि कोशीको पानी धरानमा ल्याउन सहयोग गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने मेयर साङपाङले आज फेसबुकमा पोष्ट गर्दै यस्तो बताएका हुन् । उनले आफुलाई सहयोग नगर्ने भए धरान नआउन भनेका छन् ।

उनको यो पोष्टलाई काठमाडौं महानगरपालिका मेयर बालेन साहले समेत सेयर गरेका छन् । साहले ठ्याक्कै लेख्दै उनको उक्त पोष्टलाई सेयर गरेका छन् । उनको पोष्टमा हर्कले कमेन्टमा ‘लभ रियाक्ट’ गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरुबीचको यो क्रियाकलपलाई बालेन र हर्कको मिलनको रुपमा हेरेका छन् ।

साह र साङपाङबीच केहि समय अघि देखि सामाजिक सञ्जालमा द्वन्द्व थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *