तीन महिनाभित्र नागरिकताका बिषयमा निर्णय नगरे एमालेले आन्दोलन गर्ने

डिसी नेपाल
१६ मंसिर २०७९ १४:३३
164
Shares

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका बिषयमा आवश्यक निर्णय नगरिए एमालेले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले जनसिद्ध नागरिकताका बिषयमा आवश्यक कानून नवन्दा लाखौ नागरिकहरु नागरिकताबिहीन हुनु परेको भन्दै अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले यसअघिको एमाले सरकारले नागरिकताको बिषयलाई समाधान गर्ने प्रयास गरेपनि अहिलेको गठबन्धन दलहरुले नै रोक्ने काम गरेको जिकिर गरे । त्यस्तै महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलो पार्टी बनाएको दावी गरेका छन् । उनले यसअघि एमाले सरकारले गरेका १४ सय भन्दा बढि बिकासका योजनाहरुलाई गठबन्धन सरकारले रोकेको आरोप लगाएका छन् ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *