गजल : मिल्दैमा

बालकुमारी घिमिरे “गजलिका”
१७ मंसिर २०७९ ८:०३

मिल्दैमा,
सच्चा प्यार हुँदैन नजर मिल्दैमा
हुन्न सुखी तन मात्र सहर मिल्दैमा

सक्नु सबैले पर्छ धरातल बुझ्न
चढिँदैन शिखरमा खच्चर मिल्दैमा

गर्दा अलमल कामै नगरी साथी
पुगिँदैन शिखरमा अवसर मिल्दैमा

प्रश्न छ यौटै आउँछ उत्तर यौटै
के को नक्कल भो सरदर मिल्दैमा

जात नमिल्दा किन दु:खी बन्दैछौ
सम्बन्ध हुँदैन मिठो थर मिल्दैमा

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *