गजल : मिल्दैमा

बालकुमारी घिमिरे “गजलिका”
१७ मंसिर २०७९ ८:०३
60
Shares

मिल्दैमा,
सच्चा प्यार हुँदैन नजर मिल्दैमा
हुन्न सुखी तन मात्र सहर मिल्दैमा

सक्नु सबैले पर्छ धरातल बुझ्न
चढिँदैन शिखरमा खच्चर मिल्दैमा

गर्दा अलमल कामै नगरी साथी
पुगिँदैन शिखरमा अवसर मिल्दैमा

प्रश्न छ यौटै आउँछ उत्तर यौटै
के को नक्कल भो सरदर मिल्दैमा

जात नमिल्दा किन दु:खी बन्दैछौ
सम्बन्ध हुँदैन मिठो थर मिल्दैमा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *