गजल : यस्तै भयो
शान्तिको नाउँमा युद्ध चर्काइयो
गाउँ घर ,टोलमा शत्रुता भित्रियो
भ्रष्ट सञ्जाल यो देशमा फैलिँदा
राष्ट्र खोक्रो भयो धन सबै सिद्धियो
जिन्दगी शान्तिको आसमा पर्खिँदा
क्रान्तिको रापले झन् धेरै पिल्सियो
स्वर्गको बागमा नर्तकी भित्रिँदा
देवको भूमिमा खलबली मच्चियो
बात गुन्जिन्छ यी कानमा हर घडी
चाहना प्यारको व्यर्थ भै टुङ्गियो
No ads found for this position
प्रतिक्रिया


Facebook Comment