लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

डिसी नेपाल
८ पुष २०७९ ८:००
324
Shares

काठमाडौं। लिभरपुललाई ३-२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ।

बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे।

लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन्। कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो।

सिटीले अर्काे बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *