बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

डिसी नेपाल
१० पुष २०७९ १२:२६
48
Shares

बैतडी। बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ।

नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीलाई रु १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *