आर्सनलको लय कायमै
काठमाडौं। स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ।
बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३-१ ले हरायो। खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।
दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन गर्यो। मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए। ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २-१ को स्थितिमा ल्याएका हुन्। इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए।
जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ। दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ । म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो। सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment