अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

डिसी नेपाल
१७ पुष २०७९ ७:५०
188
Shares

काठमाडौं। एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १-१ को बराबरीमा रोकिएको छ। घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए।

७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १-१ को बराबरीमा ल्याए। खेलमा दुवै टोली १० खेलाडीमा सिमित बनेका थिए।

७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो। ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो। उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन्।

खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको साहायतामा फिर्ता लिएका थिए। नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो। समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ। स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *