सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : ओली

डिसी नेपाल
२५ पुष २०७९ १४:२८
16
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गरेका छन्।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन्।

जनताको दुःख कष्ट हेर्नका लागि प्रचण्ड नेतृत्वको सरकार बनेको भन्दै उनले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन्।

उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन। हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन। हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’

संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *