पृथ्वी जयन्तीमा शुभकामना पनि नदिइ वाइसीएलतिर प्रचण्ड
पूर्वपञ्च र राजावादी उत्साहित
काठमाडौं। मुलुकमा गणतन्त्र स्थापना भएपछि कटौती गरिएको राष्ट्रियता एकता दिवस तथा पृथ्वी जयन्तीमा सरकारले यो वर्षदेखि बिदा दिन थालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
सरकारमा सहभागी हुन तयार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह र अन्य सत्ता साझेदार दलको समर्थनमा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएको हो।
तर प्रधानमन्त्री प्रचण्ड पृथ्वी जयन्तीमा शुभकामना सन्देशसम्म पनि दिएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीमा शुभकामना सन्देश जारी गर्दा सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री प्रचण्डले शुभकामना पनि जारी गर्न आवश्यक ठानेनन्।
बरु उनी पृथ्वी जयन्तीलाई कसरी छल्ने भनेर पार्टी भातृ संगठन वाइसिएलको कार्यक्रममा भाग लिन गोखरा जाँदैछन्।
विगतमा पृथ्वी नारायण शाहको सालिक ढाल्न प्रमुख भूमिका निर्वाह गरेको माओवादी नेतृत्वले अहिले आफ्नै नेतृत्वमा सरकार हुँदा सार्वजनिक विदा त दियो तर एउटा निर्णय गर्ने र अर्को बाटो हिँड्न खोज्दा त्यसको चौतर्फी विरोध भएको छ।
पृथ्वी नारायण शाहको योगदानको कदर गर्दै सार्वजनिक विदा दिन तयार प्रधानमन्त्री प्रचण्डलाई शुभकामना दिन भने किन अप्ठेरो भयो? त्यसको जवाफ उनले दिएका छैनन्।
डोकाले थुनेको बिरालो म्याउ गरिहाल्छ भन्ने नेपाल आहान जस्तै अब प्रचण्डले म्याउ गर्न मात्र बाँकी रहेको टिप्पणी हुन थालेको छ।
पूर्वपञ्च र राजावादी उत्साहित
सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएपछि पूर्वपञ्च र राजावादी भने उत्साहित बनेका छन्। उनीहरुले आज विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन्।
पृथ्वी जयन्तीमा विदा दिलाउन मुख्य भूमिका निर्वाह गरेको राप्रपाले आज चियापान कार्यक्रमको आयोजना गरेको छ। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।
यसैगरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोह कार्यक्रम आयोजक समितिले पनि विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छ। विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, पूर्व सुरक्षाकर्मी परिषद नेपाल, नेपालका लागि नेपाली पार्टी, राष्ट्रवादी नागरिक समाज, ओम सेना नेपाल, वीर गोर्खाली अभियानलगायतले पृथ्वी जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छन्।







डिसी नेपाल








Facebook Comment