कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

डिसी नेपाल
२७ पुष २०७९ १७:१५
120
Shares

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएर माओवादी केन्द्र र नेकपा एमालेबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.