बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित
विराटनगर। प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए। गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए।
कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो।
प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए। प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन्।







डिसी नेपाल








Facebook Comment