लातभियाको सीमा नजिकै लिथुआनियाको ग्यास पाइपलाइनमा ठूलो विस्फोट

डिसी नेपाल
३० पुष २०७९ १३:१६
28
Shares

काठमाडौं । लिथुआनियाको उत्तरी क्षेत्र पासभेलिसमा शुक्रबार ग्यास पाइपलाइनमा ठूलो विस्फोट भएको छ । यो क्षेत्र लातभियाको सिमाना नजिक छ।

स्थानीय सञ्चारमाध्यममा आएका तस्बिरमा पाइपलाइनबाट आगोका ज्वाला निस्किरहेको देखिन्छ । अधिकारीहरुका अनुसार विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन ।

लातभियाका रक्षामन्त्री आर्टिस पाब्रिक्सले ट्वीटरमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र क्षतिलाई नकार्न नसकिने बताए । तर, पाइपलाइन अपरेटर एम्बर ग्रिडले यस विस्फोटको बारेमा अहिलेसम्म कसैलाई शंका नगरेको बताएको छ ।

एम्बर ग्रिडका प्रमुख कार्यकारीले भने, “प्रारम्भिक मूल्याङ्कनले कुनै गलत नियत खुलाएको छैन तर अनुसन्धानमा सबै पक्षहरूलाई ध्यान दिइनेछ।”

उनका अनुसार यो पाइपलाइन सन् १९७८ मा निर्माण भएको हो । त्यसमा मर्मतको काम भइरहेको थियो । अहिले पाइपलाइनमा विष्फोट हुनुको कारण हो कि होइन भन्नेबारे अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *