युक्रेनलाई ट्यांक दिने बेलायतको निर्णयमा रुसले भन्यो– सबै ट्याङ्कहरू हाम्रो निशानामा हुनेछन्
काठमाडौं । युक्रेनलाई च्यालेन्जर २ ट्याङ्क दिने बेलायतको निर्णयप्रति रुसले असन्तुष्टि व्यक्त गरेको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बीबीसीलाई भनिन्, “हामीले पहिले नै भनेजस्तै युक्रेनलाई आपूर्ति गरिने कुनै पनि हतियार हाम्रा लागि वैध लक्ष्य हुनेछ।”
बेलायती प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले शनिबार युक्रेनलाई च्यालेन्जर २ ट्याङ्क दिने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग ऋषि सुनकको फोन वार्तापछि यो निर्णय गरिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment