आरआरआर फिल्मले अर्को ठूलो अवार्ड पायो, ‘नाटु नाटु’ उत्कृष्ट गीत ठहरियो
काठमाडौं । गोल्डेन ग्लोब अवार्ड पछि, तेलुगु फिल्म ‘आरआरआर’ ले अब क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा सर्वश्रेष्ठ विदेशी भाषा फिल्मको अवार्ड जितेको छ।
योसँगै फिल्मको ‘नाटु–नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड पनि जितेको छ । क्रिटिक्स च्वाइस अवार्डको ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो ।
यसमा लेखिएको थियो, “आरआरआरका कलाकार र टोलीलाई धेरै बधाई – फिल्मले सर्वश्रेष्ठ विदेशी भाषा फिल्मको लागि क्रिटिक्स च्वाइस अवार्ड जित्यो।”
जुनियर एनटीआर, रामचरण र आलिया भट्ट अभिनीत फिल्मको “नाटु नाटु” गीतले सर्वश्रेष्ठ मौलिक गीतको लागि क्रिटिक्स च्वाइस अवार्ड पनि जित्यो।
आरआरआर फिल्मको ट्विटर ह्यान्डलबाट फिल्मको ‘नाटु–नाटु’ गीतले पनि अवार्ड पाएको जानकारी दिएको छ ।
ट्वीटरमा लेखिएको छ, “फेरि एकपटक ‘नाटु-नाटु’… ‘नाटु-नाटु’ ले क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा सर्वोत्कृष्ट गीतको अवार्ड पाएको जानकारी दिन पाउँदा निकै खुशी लागेको छ।”
गत हप्ता फिल्मको ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोब्समा उत्कृष्ट मौलिक गीतको अवार्ड पाएको थियो ।







डिसी नेपाल







Facebook Comment