बिहे गर्ने बाचा गरेर ३ करोड लिएपछि युवतीले तोडिन् इन्गेजमेन्ट !

डिसी नेपाल
२ माघ २०७९ १७:३१
1.0k
Shares

काठमाडौं । एउटी महिलाले विवाहको वाचा गरिन् । त्यसपछि यो जोडीले इन्गेजमेन्ट गरे । त्यसपछि ती महिलाले युवकबाट करिब ३ करोड रुपैयाँ लिएकी थिइन् । किनकी विवाह अघि दम्पतीले एक सम्झौतामा हस्ताक्षर गरेका थिए, जस अनुसार छोरीको पढाइको खर्च भावी पतिले नै व्यहोर्नुपर्ने थियो । तर, पछि युवतीले बिहे तोड्दै पैसा फिर्ता गर्न पनि मानिनन् । त्यसपछि यो मुद्दा अदालतसम्म पुग्यो । अब अदालतले महिलालाई रकम फिर्ता गर्न आदेश दिएको छ ।

यो घटना चीनको सांघाई सहरको हो । यहाँ लिउ नामकी महिलाले झाङ नामक पुरुषसँग विवाह गर्ने वाचा गरेकी थिइन् । दुबैको सम्बन्ध सन् २०१५ मा सुरु भएको थियो । दुई वर्षपछि, तिनीहरूले विवाहपूर्व सम्पत्ति सम्झौतामा हस्ताक्षर गरे। अर्थात्, विवाह अघि गरेको सम्झौता । यस अनुसार लिउले झाङसँग विवाह गरे भने झाङले लिउकी छोरीको दुई वर्षको पढाइका लागि १० लाख युआन (लगभग २ करोड रुपैयाँ) तिर्नुपर्नेछ । यद्यपि उनले विवाहअघि १६ लाख युआन (३ करोड रुपैयाँ) दिएका थिए । त्यसपछि सन् २०१८ मा लिउले आफ्नो बुबा विवाहका लागि राजी नभएको बताइन् ।

विवाह रद्द हुँदा झांगले आफ्नो पैसा फिर्ता मागे, लिउले उनलाई दिन अस्वीकार गरिन् । यसपछि झाङसँग अदालत जानुको अर्को विकल्प थिएन । ३ करोड दिएको भए पनि १ करोड मात्रै दिएको लिखित प्रमाण थियो । जसका कारण अदालतले लिउलाई १ करोड मात्रै फिर्ता गर्न आदेश दिएको थियो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार जब लिउले आफूविरुद्ध मुद्दा चलेको थाहा पाइन् तब उनी विवाह गर्न राजी भइन् तर यसपटक झाङले मानेनन् ।

जब यो मुद्दा अदालतमा सुनुवाइ भयो, झाङ सही पाइए। यसपछि लिउलाई पैसा फिर्ता गर्न आदेश दिइएको थियो। यस विषयमा चीनको सामाजिक सञ्जालमा निकै बहस भइरहेको छ । एक अनलाइन प्रयोगकर्ताले लेखे, ‘लिउ एक ठग हो?’ अर्को प्रयोगकर्ताले भने, ‘यदि लिउले झाङसँग विवाह गरेको भए उसलाई बर्बाद गरिदिने थिइन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *