भवनमा भएको आक्रमणमा अब कोही पनि बाँचेको हुनसक्ने आशा कम, धेरै मानिसहरू बेपत्ता छन्
काठमाडौं । युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टबाट अब कोही जीवितै भेटिने आशा कमै रहेको बताएका छन् ।
आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार यस हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ । यद्यपि राहत र बचाउने काम भने जारी छ ।
धेरै मानिस अझै बेपत्ता छन्, ७५ जना घाइते भएका छन् । सोमबार रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त भवनमा रुसी सेनाले आक्रमण नगरेको दाबी गरेका थिए ।
युक्रेनले उक्त भवनमा रुसी केएच-२२ मिसाइलले आक्रमण गरेको भन्दै आफूसँग उक्त मिसाइललाई खसाल्ने क्षमता नभएको बताएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment