संयुक्त राष्ट्रसंघले पाकिस्तानका अब्दुल रहमान मक्कीलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्यो
काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) ले सोमबार पाकिस्तानी मूलका चरमपन्थी अब्दुल रहमान मक्कीलाई ‘वैश्विक आतंकवादी’ घोषणा गरेको छ। यो निर्णय युएनएससीको आइएसआइएल (दाएश) र अल-कायदा प्रतिबन्ध समितिले लिएको हो।
गत वर्ष भारतले लश्कर-ए-तैयबाका अतिवादी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव ल्यायो तर चीनले त्यसलाई रोकेको थियो। यसपछि भारतले पनि चीनलाई कडा प्रतिक्रिया दिएको थियो ।
अब्दुल रहमान मक्की जमात-उद-दावा प्रमुख हाफिज सईदका आफन्त हुन्, जसलाई भारतमा २६ नोभेम्बर २०११ को चरमपन्थी हमलाको मास्टरमाइन्ड मानिन्छ।
संयुक्त राष्ट्र संघ द्वारा जारी विज्ञप्तिअनुसार, जनवरी १६, २०२३ मा, सुरक्षा परिषद्को आइएसआइएल (दाएश) र अल-कायदा समितिले अब्दुल रहमान मक्कीको नाम विश्वव्यापी आतंकवादीहरूको सूचीमा समावेश गरेको छ। यसले विश्वभरि मक्कीको सम्पत्ति रोक्का गर्ने र यात्रा सहित मक्कीमाथि अन्य धेरै प्रतिबन्धहरू लगाउने बाटो खोल्नेछ ।
समाचार एजेन्सी एएनआईका अनुसार भारत र अमेरिकाले अब्दुल रहमान मक्कीलाई आ–आफ्नो देशमा ‘आतंकवादी’ घोषणा गरिसकेका छन् । मक्की विरुद्ध युवाहरूलाई अतिवादतर्फ उक्साउने, भारतमा आक्रमणको योजना बनाउने, अवैध धन जुटाउनेलगायतका धेरै आरोप छन्।







डिसी नेपाल







Facebook Comment